काठमाडौं । एनआई सी एसिया बैंकले पछिल्लो चरणमा ग्राहकवर्गको सेवाका लागि विभिन्न योजनाहरु सञ्चालन गर्दै आएको छ । बैंकले सेवा सुचारु गरेको २१ वर्ष पुरा गरि २२ औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा ग्राहकको लागि आकर्षक योजनाहरु ल्याएको हो ।

“बैकपनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ् सेवा प्रदानगर्दै आइरहेको उक्त बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा २२ वटा चमत्कारीक विशेषताहरु सहितको बिभिन्न १५ नयाँ बचत निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

उक्त बैंकले आफुलाई नेपालकै सबैभन्दा ठूलो शाखा संञ्जालभएको बैंकका रुपमा उभ्याउँदै अघि बढेको छ ।

बैंकले सवै तह र तप्काका ग्राहकहरुलाई लक्ष्ति गरी “चमत्कारिक बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

त्यस्तै बैंकले कर्मचारीहरुलाई केन्द्रितगरि ल्याईएको चमत्कारिक तलब बचत खाता र अन्य योजनाहरुले आम जनमानसको बचत गर्ने बानीलाई अभिबृद्दि गर्ने बिश्वास समेत लिएको छ ।

बैंकले ल्याएको निक्षेप योजनाहरुमा ग्राहक महानुभावहरुले रु १५ लाखसम्मको दुर्घटना बिमा र रु १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा रु १ लाख ५० हजार सम्मको औषधिउपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्ने छन ।

साथै कर्जामा समेत विशेष छुट र सहुलिय तप्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरु सहितको योजनाले सबै क्षेत्र, भेग, तह र तप्काका सेवाग्राहीहरुलाई फाइदापुग्ने बैंकको बिश्वास छ ।

साथैं चमत्कारिक बचत निक्षेप खाताहरु मुलुकभरी रहेको आफ्ना २८१ वटै शाखाकार्यालयहरु र अनलाइनबाट समेत बिना भन्झटमा ग्राहकहरुले खोल्न सक्ने बैंकको भनाई छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा विभिन्न सुविधाहरु रहेको बताइएको छ ।

बैंकका अनुसार नेपालमै पहिलो पटक (Sweep In – Sweep Out)  को सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने छन ।

देशैभरी रहेका कुनैपनि बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायतका अन्य धेरै चमत्कारिक फाइदाहरु बैंकले ल्याएको छ । चमत्कारिक बचत योजना अन्र्तगत चमत्कारिक विशेषताहरु सहितका धेरै फाइदाहरु रहेका छन ।

जस अन्र्तगत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाका साथै चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानीबचत योजना, चमत्कारिक बिद्यार्थी बचत योजना र आमकर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्ड प्रदान गर्ने लागयतका तमाम चमत्कारीक योजनाहरु बैंकले सार्वजनिक गरेकोछ ।

उक्त बैंकको मुलुकभर २८१ शखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेव  प्रदान भैरहेको बताइएको छ । उक्त बैंक करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालनागर्दै गएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।