अग्निज्वाला ,काठमाडौंको बागबजार स्थित पुरानो बसपार्क नेपालको सबै भन्दा जेठो बसपार्क हो । यो बसपार्कबाट पहिला नेपालको पुर्ब पश्चिम तिर जाने बसहरु चल्ने गर्दथे । पछि बालाजुमा नयाँ बसपार्क बने पछि त्यताका बसहरु बालाजु तिरै सरे । यता पुरानो बसपार्कबाट अरनिको हाईवे अन्तर्गत चल्ने बसहरु र काठमाडौं उपत्यका भित्र चल्ने ठुला साना सार्बजानिक सवारीहरु मात्र चल्न थाले ।

पुरानो बसपार्क भित्र सटर र टहरा गरेर करिब २०० वटा पसलहरु सन्चालित थिए, साथै महानगरको कर डिपो, तत्कालिन ३१ नं वडा कार्यालय र सामुदायिक प्रहरीका कार्यालयहरु थिए । काठमाडौं महानगरले यहाँबाट आफ्नै कर्मचारी मार्फत भाडा र सवारी शुल्क गरि मासिक रु. १० लाख उठाउने गरेको थियो । यसको ब्यवस्थापन सुधार्न बेला बेलामा त्यहांका ब्यापारीहरु, महानगर, प्रहरी र ट्राफिक प्रहरी हरु मिल्थे र सुधार कार्य गर्थे ।

काठमाडौं महानगरमा बनेका प्राय आकाशे पुलहरुको ठेक्का मनोज भेटवाल नामका ठेकेदारले पाएपछी महानगरका हाकिमहरु यिनको सम्बन्ध नङ्ग मासुको जस्तो हुन थाल्यो । पुलका काम सकिसके पछि भेटवाल फुर्सदिला भए । उनको दैनिक आवतजवात र उठबस काठमाडौं महानगरपालिकाको कार्यालयमा हुन थाल्यो । यो कुरा त्यहाँ पुग्ने प्राय सेवाग्राहिले देख्ने गर्दथे ।

यस्तो लाग्दथ्यो मानौ, उनी त्यहिँ जन्मिएका हुन र उनलाई रोजगार दिईरहने सम्पुर्ण जिम्मेवारी कामनपाको हो । त्यही बस्ने क्रमका पुरानो बसपार्क उडाउने डिजाईन बन्यो ।जनप्रतिनिधी नभएको र सरकार कमजोर रहेको अबस्थामा चलखेल शुरु भयो । भ्रष्ट हाकिमहरु र माफियाको मिलेमतोमा पुरानो बसपार्क सिध्याउने प्रपंन्च २०६८ तिरै शुरु भएको रहेछ ।

अनुकुन परिस्थिती आएपछी उडाउने योजना बनेछ र २०७१ को सार्क सम्मेलनको बहाना गरेर बिरोध जनाउन सक्ने व्यापारीहरु भएपट्टी सामान सम्म निकाल्न नदिइकन डोजर लगाएर मिल्काउने काम भयो । लाग्दथ्यो, त्यहाँ बस्ने व्यापारीहरु अपराधी हुन र उनिहरुले राज्य बिरुद्द ठूलो अपराध गरेका छन् ।अग्निज्वाला समाचार

काठमाडौं महानगरले आफै भाडा उठाएर राखेका व्यापारीहरुलाई यस्तो निच व्यवहार गर्यो जुन सैह्य थिएन । सयौंलाई एकै चोटि बेरोजगार बनाएर करोडौको नोक्सानी गर्यो, नकुनै क्षतिपुर्ती नकुनै लिखित निर्देशन । एउटा माफियाको लागि पुरै राज्यसंयन्त्रको दुरुपयोग गरेर जनताको सम्पती र भबिष्य बिचल्ली बनाएको नराम्रो संग देख्नु पर्यो, भोग्नुपर्यो ।

पुरानो बसपार्क हटाउदा बखत महानगरका केही हाकिमहरुको ताउर माउर देख्दा लाग्थ्यो कि, यो नै उनिहरुको जिन्दगीको अन्तिम लक्ष्य हो । यति नगरे उनिहरुले मोक्ष पाउदैन थिए जस्तो गरि उनिहरु लागेका थिए । सुनिन्थ्यो, उनिहरुलाई त्यहाँ शेयर र गाडीको प्रलोभन थियो ।

अरबौंको योजनामा कमिशन कति थियो होला ? दुई तीनजना हाकिमअरुबाट शुरु भएको पुरानो बसपार्क हटाउने योजना देशका सबै दलका शिर्षस्थ नेतासम्म पुग्यो । भेटवालले सबैको साथ पाए । फाइल अख्यिार पुग्यो, क्लिन चिट पायो । पछि संसदको सार्वजनिक लेखा समिती पुग्यो, ८–९ महिना हल्लाएर तत्कालिन सभापतिले समितिको बैठक नै नराखी बनाउन पाउने पत्र दिएछन् ।

अर्को ऐतिहासिक स्थान पनि मासियो । टुलुटुलु हेरेर बस्नुको बिकल्प थिएन । कोहि चुइक्क बोलेनन् ।

यति भएपछी त्यहाँ ओहोरदोहोर गर्न केहि सभासदसम्म ज्यान फ्यालेर लागे । अचम्मै देख्नु पर्यो, राज्यको सम्पती मास्न पुरै राज्यसंयन्त्र र दल लागे । हामी जाबो जनताले के नै गर्न सक्थ्यौ र ? तै पनि केहि हुन्छ कि भनेर यो मुद्दा हामीले संसदको बिकास समितिमा पुर्यायौं, त्यहां पनि महानगरका हाकिमहरुकै कुरा ठुला भए । बिल्डिङ्गको कुराले खासै महत्व पाएन, बरु त्यहांबाट बिस्थापित ब्यापारीलाई ब्यबस्थापन गर्ने र त्यहाँको अवस्था के छ बुझ्ने भनेर उपसमिती बन्यो तर उपसमितिले कामै गरेन । हामीले पटक पटक सम्झायौ, काम भएन । अन्तिममा तत्कालिन शभापतिबाट यो कुरा मेरो बसमा छैन म केही गर्न सक्दिन भन्ने जबाफ आयो । त्यसपछी अब सकिएन भनेर हामी चुप लागेर बस्यौं ।

पुरानो बसपार्कमा २१ तल्ले बिल्डिङ्ग बन्ने डिजाईन थियो । तर यसको बाताबरणिय प्रभाब मुल्यांकन चाहिँ गरिएको छैन भन्ने सुनिएको थियो । अहिले सम्म त सबै मिलाईसके होलान । धेरै कारणले पुरानो बसपार्कमा त्यति ठूलो बिल्डिङ्ग बन्नु उपयुक्त थिएन ।

१. बाताबरणिय कारण २१ तल्ले डिजाइनमा तीन तला अण्डरग्राउण्ड थियो । त्यति तल जाँदा बागबजार एरियाको पानी सबै सुक्ने सम्भाबना थियो । त्यति बाक्लो बस्ती भएको ठाउमा जमिनमुनीको पानी महत्वपुर्ण थियो ।

२. सुरक्षाको कारण (क) पुरानो बसपार्कको वरिपरि सबै सुरक्षा निकायका मुख्य कार्यालयहरु छन, रानीपोखरी (प्रहरी आयुक्तको कार्यलय, भद्रकाली) नेपाली सेनाको हेडक्वार्टर । साथै देशको प्रमुख प्रशाशकिय स्थान सिंहदरबार नाकैमा छ । यी सबै कुराको बेवास्था गरियो । राज्यका सबै संयन्त्र मिले पछि जस्तोसुकै अपराध पनि गर्दा रहेछन भन्ने गतिलो प्रमाण हो यो ।

लग्गतै २०७२ मा बिनाशकारी भुकम्प गयो । बागबजार एरियाका सबै मानिसले पुरानो बसपार्क, सैनिक मन्च र खुल्ला मन्चमा आश्रय लिए । यसपछी त महानगरको सद्बुदी पलाउछ कि भनेर केही आशा पलायो तर कुरो धेरै अगाडि बढिसकेको थियो, रोकिएन । तत्कालिन अबस्थामा १२ तला बनाउने र पछि थप्ने भनेर कार्यदेश भएछ । फेरि पनि छक्क परियो, महानगर सुध्रीएन ।

महानगरलाई सुन्दर र सुरक्षित बनाउने जिम्मेवारी बोकेकाहरु उल्टै भद्रगोल र असुरक्षित बनाउन पो लाग्दा रहेछन । नक्सा पासमा घुस खांदै अशुरक्षित घर बनाउन दिएर काठ्माण्डौलाई कुरुप बनाउन दिने पनि यिनै हुन ।

पुरानो बसपार्क पुर्ण त खाली भयो । ठेकदारका डोजर र आबश्यक मेशिन हरु आए र पुरानो बसपार्क नङ्र्याउन थाले । माफिया र भ्रष्टहरु मिलेर राज्यको सम्पती माथी दिन दहाडै बलत्कार गरेको टुलुटुलु हेरेर बस्नुपर्यो । हरे केही गर्न सकिएन भनेर आत्मग्लानी भैइरह्यो । राज्यका सबै संयन्त्र र दलहरु प्रती बितृष्णा जाग्न थाल्यो । तीन बर्षमा बनाई सक्ने भनेको बिल्डिङ्गको समयाबधी सकिदा पनि जग खन्ने काम सम्म सकिएको छैन ।

सम्झौता पालना नभएपछी महानगरले यो ठेक्का किन नतोडेको हो ? कि कलंकीको पुलजस्तै ईतिहास दोहोर्याउने हो ? यो गम्भीर सवाल हो ।बसपार्क खाली भए पछि त्यहांबाट छुट्ने सार्बजानिक सवारीहरु कहाँ जालान भन्ने कौतुहलता कायमै थियो । एक्कासी खुल्ला मन्च फ्याक लगाइयो । अस्थायी बसपार्क बनाउने बहानामा आधा खुल्ला मन्च बिना टेण्डर त्यहि ठेकेदारलाई दिइसकिएछ ।

अर्को ऐतिहासिक स्थान पनि मासियो । टुलुटुलु हेरेर बस्नुको बिकल्प थिएन । कोहि चुइक्क बोलेनन् । डिजाईन अनुसार पाँचवटा सटर बनाउने भनिएको छ भन्ने सुनियो । अहिले बुझ्दा त्यति पनि हैन रहेछ । बनेका सटरबाट त्यतिखेरै लाखौ उठायो ठेकेदारले । गाडीहरुको पैसा महानगरकै कर्मचारीले उठाउन थाले, सटर भाडा ठेकेदारको पोल्टामा । यात्रु प्रतिक्षालय गतिला बनेका थिएनन । त्यसमा पनि ठेकेदारले अतिक्रमण गर्न खोजेपछी बिबाद आउला भनेर होला महानगर अलि सजग भयो । साना ब्यापारीहरुबाट दैनिक पैसा उठाईएको थियो र त्यो भागबण्डा लाग्थ्यो भन्ने पनि सुनिएको थियो ।

अहिले महानगरको बिभागिय जिम्बेवारीमा केही फेरबदल भयो र उहीँ पुरानै अनुहारहरु मिलिहाले । त्यसपछि यात्रु प्रतिक्षालयमा धमाधम सटरहरु बन्न लागे । महानगर मुकदर्शक भयो वा सेटिङ्ग थियो । हाकिमहरुसंग सेटिङ्ग छ डराउनु पर्दैन भनेर ठेकेदारले भनेको कुरा मिडियामै आइसकेको छ । सेटिङ्ग नभए महानगरले आफ्ना कर्मचारी किन त्यहांबाट हटायो ? कसले हटाएको हो, उसलाई च्याप्प समातेपछी सबै कुरा खुल्छन । त्यहाँ सटर बन्न कम्तिमा एक महिना लागेको छ ।

नगरप्रहरीहरु त्यहिँ छन्, किन थाहा पाउदैनन् ? सम्बन्धित महाशाखालाई सोध्नुपर्छ । मुख्यतः राजश्व महाशाखा र कार्यान्वयन महाशाखालाई यी सबै कुरा जानकारी छन् ।

सटर बनेर भटाभट लाखौंमा बिक्री गर्ने र करोडौ कमाउने गज्जबको आइडिया बन्दो रहेछ । पुरानो बसपार्कमा पनि यहि आइडिया लगाईएको हो । सरोकारवाला, स्थानियबासी र सबै जनता यस्ता बिषयहरुमा सचेत हुन जरुरी छ ।

१.खुल्लामन्च तुरुन्त खाली गर !
२.भ्युटावरको काम बन्द गर !
३.भ्रष्ट माफियाहरु मुर्दाबाद !

४.भुक्तभोगी