संवैधानिक परिषद्को सिफारिशमा २०७६ बैशाख ६ गते निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त दिनेशकुमार थपलियालाई मनोहरा विद्यानगर सेवा समाजले अभिन्नदन गरेको छ ।
सो कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियालले पैसा भएकाले चुनाव जित्ने तर इमान्दारिता र निष्ठा भएको उमेदवारले पैसा नभएका कारणले हार्ने प्रवृतिको अन्त्य गर्दै निर्वाचन ‘मनि’ ले नभई ‘माइन्ड’ ले जित्ने पद्धति बिकास गर्नेतर्फ आफु केन्द्रित हुने बताउनुभयो । उहाँले निर्वाचनमा तलमाथि भएको ठाउँमा भ्रष्टाचारको मात्र बढने भएकाले स्वतन्त्र निष्पक्ष निर्वाचन बनाउने आफनो प्रयत्न रहने बताउनुभयो ।