काठमाडौं । सरकार र बिप्लब पार्टीको लुकामारी चलिरहेको बेला खुलामञ्चका व्यापारी बिप्लब पार्टीलाई खोजिरहेका छन । शनिबार खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि त्यहाँ व्यावसाय गर्दै आएका व्यापारी आक्रोशित बनेका छन् । सरकारले सामान सार्ने समयसमेत नदिई डोजर लगाएर अन्याय गरेको उनीहरुको बुझाइ छ। सटर भत्काउँदा लाखौँ रुपैयाँ डुबेको उनीहरुको गुनासो छ । त्यति मात्र होईन  ठेकेदारको जालमा आफुहरु परेको र आफुले दिएको पैसा फिर्ता पाउन पर्ने भन्दै बिप्लब नेकपालाई गुहारेका छन ।आफुहरु साढेको जुधाइमा परेको र साढेबाट न्याय नपाइने भएकोले बिप्लबलाइ गुहारेको उनिहरुको भनाइ छ।
सटर भत्काइसकेपछि खुला मञ्च पुगेकी महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई आक्रोशित व्यापारीले आक्रमणको प्रयाससमेत गरेका थिए । दिनदाडै टहरा बनुन्जेल के हेरेर बसेकाे भनेर उपमेयरलाई प्रश्न गरेका थिए । ‘हाम्रो लाखौँ डुब्यो, के हेर्न आउनुभएको ?’ भन्दै व्यापारीले खड्गीलाई प्रश्न तेर्स्याउँदै भने, ‘क्षतिपूर्ती पाउनु पर्‍यो । दिलाइदिनु हुन्छ की हुँदैन ?’
उपमेयर जबाफ नदिइकनै भागेकोले आफुहरु न्याय खोज्दै बिप्लबको सरणमा जानुपरेको उनिहरुले स्वीकार्छन् ।