रौतहट,शनिवार कम्युनिष्ट सरकार विरूद्ध आमसभा गरेको कांग्रेसले विशाल आमसभा गरेको थियाे । आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइराला, सांसदद्वय मोहम्मद अफ्ताब आलम, देवप्रसाद तिमल्सिना लगायतका नेताले सम्बोधन गरेका थिए ।साे सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईका जनताले सिचाइको माग गरिरहेका बेला प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गरेर हँसाएकाे बताए । काम नगरी उखान टुक्का बाट जनता हँसाउन सिपालु ओलि  सरकारले जनतालाई धोका दिइरहेको बताए । उनले याे सरकारकाे पालामा अनेक काण्ड मात्र भएकाे भन्दै याे काण्ड नै काण्डले भरिएकाे सरकार भएकाे बताएका छन । उनले अब जनतालाइ ज्यादती गर्ने कम्युनिष्ट सरकारकाे हरेक कुरा सहेर नवस्ने बताए।सो आमसभामा महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसले फेरि जनताको अधिकारका लागि कम्युनिस्टहरू विरुद्ध लड्ने बेला आएको बताएका थिए ।