दिनदाडै टहरा बनुन्जेल के हेरेर बसेको ?

महानगरपालिकाकाले मनाेज भेटवालले राजनीतिक शक्तिकेन्द्रकाे सहयाेगमा खुल्लामञ्चमा बनाएकाे टहरा भत्काएकाे छ।स्वन्छन्द विर्लर्सकाे नाममा बनाइएकाे टहराकाे  विराेधमा जनता र मिडिया विराेधमा उत्रिएपछि काठमाण्डाैं महानगरपालिकाका मेयर विधासुन्दर शाक्य र उपमेयर हरिप्रभा खडगीले डाेजर लिएर गएर टहरा भत्काइदिएका छन।तर शनिवार खुल्लामञ्चमा डाेजर लिएर गएका मेयर जब स्थानीय टहरा भत्काउने कामकाे विराेध गर्न थाले त्यसपछि अचानक गायब भए।यसपछि टहरा भाडामा लिएर पसल राख्न पैसा समेत दिइसकेका पसलेहरू विराेधमा उत्रिए र यसकाे ताराे भने उपमेयर हरिप्रभा खड्गी भइन।

कतिपय स्थानीयले भने दिनदाडै टहरा बनुन्जेल के हेरेर बसेकाे भनेर उपमेयरकाे साताे खाए।तर,मेयर भने सुटुक्क उम्किए र एकछिनमै गायब भए ।

शनिवार प्रधानमन्त्रि केपी अेालीले दवाव दिएपछि बल्ल मेयर शाक्य डाेजर लिएर खुल्लामञ्च पुगेका बुझिन्छ ।