सत्तारुढ दललाई टक्कर दिन विपक्षी दुई दल एकीकृत

अब आउने निर्वाचनमा सत्तारुढ दललाई टक्कर दिनका लागि विपक्षी दुई दल एकीकृत भएका छन ।

दुई वटा विपक्षी दल शुक्रबार एकीकृत भएको घोषणा गरिएको छ । ‘जापानिज डेमोक्रेटिक पार्टी फर द पिपुल्स’ र ‘लिबरल पार्टी’ एकीकरण भएको नेताहरूले जानकारी दिएका छन् ।

यही गृष्म ऋतुमा माथिल्लो सदनको निर्वाचन हुदैछ।

जापानको दोस्रो ठूलो विपक्षी दल जापानिज डेमोक्रेटिक पार्टी फर द पिपुल्स’ र ‘लिबरल पार्टी’ का बीचमा पटक पटक भएको गम्भीर छलफल पछि नेताहरु पार्टी एकीकरण गर्ने निर्णयमा पुगेका बताइएको छ ।

प्रधानमन्त्री सिन्जो आवेको सत्तारुढ दल ‘लिबरल डेमोक्रेटिक पार्टी’ (एलडीपी) लाई टक्कर दिनका लागि आफूहरूले पार्टी एकीकरण गरेको जापानिज डेमोक्रेटिक पार्टी फर द पिपुल्स’ का नेता युइचिरो तामाकीले बताउनुभयो ।

“अहिलेको सत्तारुढ दललाई सत्ताबाट हटाउनका लागि यो पहिलो चरणको काम हो, हामी बैकल्पिक शक्तिको रुपमा उदाउने छौँ,” उहाँले पत्रकारहरुसँग भन्नुभयो । पार्टी एकीकरणको प्रक्रियालाई आफूहरुले अभियानकै रूपमा निरन्तरता दिने र अरु पार्टीसंग पनि एकता गर्दै जाने नेता तामाकीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *