काठमाडौं । सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । राप्रपाका तर्फबाट वार्ता समितिका संयोजक एवं सो पार्टीका वरिष्ठ नेता दिपक बोहोराले आजको वार्ता अत्यन्तै सकारात्मक रहेको बताए । उनले भने, ‘राप्रपाका २२ बुँदे मागमा सरकार गम्भीर देखियो, हामीले ती मागहरुबारे सरकारलाई राख्यौं । अर्को साता वार्तामा बस्ने निर्णयसहित आजको वार्ता सकारात्मक टुंगिएको छ ।

काठमाडौं । सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । राप्रपाका तर्फबाट वार्ता समितिका संयोजक एवं सो पार्टीका वरिष्ठ नेता दिपक बोहोराले आजको वार्ता अत्यन्तै सकारात्मक रहेको बताए । उनले भने, ‘राप्रपाका २२ बुँदे मागमा सरकार गम्भीर देखियो, हामीले ती मागहरुबारे सरकारलाई राख्यौं । अर्को साता वार्तामा बस्ने निर्णयसहित आजको वार्ता सकारात्मक टुंगिएको छ । ’
सरकारका तर्फबाट वार्ता समितिका संयोजक रहेका कानून मन्त्री भानुभक्त ढकालले पनि मंगलबार राप्रपासँग भएको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । उनले राप्रपाले राखेका जनचासोका मागहरु पूरा गर्न र छलफल गर्न सरकार तयार बताउँदै भने, ‘आजको वार्तामा उहाँहरुले राखेका मागमा सरकार सकारात्मक छ । यो संबिधान उहाँहरुले पनि बनाएको र यसलाई स्वीकार गरिसकेकाले संविधानसंग सम्बन्धित मागहरु फिर्ता लिन सरकारका तर्फबाट आग्रह गर्दछु ।’
बार्तामा सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकाल तथा राप्रपाबाट बरिष्ठ नेता बोहोरा र निरञ्जन थापा सहभागि थिए ।
पार्टी स्थापनाकालदेखि राजासहितको सनातन हिन्दुराष्ट्रको पक्षमा आफ्नो सैद्धान्तिक मूद्दा बोकेको राप्रपाले राजासहितको सनातन हिन्दुराष्ट्रकोसहितका २२ बुँदे मागमा केन्द्रीत रहेर राप्रपाले आन्दोलन गर्दै आएको छ ।
हिन्दुराष्ट्र पुनःस्र्थापना सहित बिभिन्न माग राखेर आन्दोलनरत राप्रपालाई सरकारले गत आइतबार औपचारिक रुपमा पत्र पठाएर वार्ताका लागि बोलाएको हो । 
राप्रपाले प्रजातन्त्र दिवसको अवसर पारेर गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदें माग बुझाएको थियो । हिन्दुराष्ट्रको पुनःस्थापना, राजासहितको गोलमेच सम्मेलन अबिलम्ब गरिनुपर्ने लगायतका मागहरु राप्रपाका छन ।