कसैकसैलाइ सबै कोण बाट लाप लिन सकिने रहेछ भन्ने कुरो प्रमाणित भएको छ। लामो समय देखिको नेकपा जिल्ला तहको नेतृत्व बिवाद टुङ्गो लागेको छ ।
आइतबार बसेको नेकपाको सचिवालय वैठकले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिव टुंगो लगाउने क्रममा मकवानपुरमा भने अध्यक्षको जिम्मेवारी पुर्व एमाले जिल्ला अध्यक्ष र हाल प्रदेश सभा सदस्य मुनु सिग्देललाई दिइएको छ ।

अध्यक्षको लागि श्रीधर पोखरेल तथा बद्री लम्साल को ठुलो चर्चा रहेतापनी  सिग्देले पहिलो अध्यक्षको रुपमा जिम्मेवारी पाएकि हुन । केपि ओलि पक्षधारको बिरासक रहेको मकवानपुरमा यस अघि मुनु सिग्देल अध्यक्ष भएसंगै त्यो बिरासत तोडेको थियो ।हाल पनि त्यो कायमै रहेको नेकपा जिल्ला नेताले जानकारी दिए ।यसअघि जनप्रतिनिधि रहेकाहरुलाई पार्टीको नेतृत्व नदिने सहमति जनाएपनी यो निर्णय संगै पार्टीले नियम विपरित काम  भएको  नेकपाका नेताकार्यकर्ताको भनाइ छ ।

अध्यक्ष सिग्देल अहिले प्रदेशसभा सदस्य छिन् । उनी एमालेको तत्कालिन  अध्यक्ष पनि थिइन् । उनका श्रीमान संघीय सांसद हुन उनकी छोरी मिस नेपाल २०१९ कि बिजेता समेत छिन ।