लेगानेसलाई हराउँदै सेभिल्ला स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा ला लिगा क्लब लेगानेसलाई २–० ले हराउँदै समग्रमा ३–१ को जितसहित सेभिल्ला उपाधि जनिक पुगेको हो। सेभिल्लालाई जिताउन जोएक्वीन कोरिया र फ्र्याङ्को वाज्क्वेजले गोल गरे । कोरियाले १५ तथा वाज्क्वेजले ८९ औँ मिनेटमा गोल गरेका हुन् ।

यसअघि यी दुबै टोलीले पहिलो लेगमा १–१ को बराबरी खेलेका थिए। तर घरेलु मैदानमा भएको दोस्रो लेगमा सेभिल्लाले २–० को जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो ।यसअघि अन्तिम ८ को खेलमा रियल मड्रिडलाई हराउँदै सेमिफाइनलमा आएको लेगानेस फाइनलमा भने पुग्न सकेन।

सन् २०१६ मा कोपा डेल रेको फाइनलमा बार्सिलोनासँग पराजित भएको सेभिल्लाले यो पटक पनि बार्सिलोनासँगै प्रतिस्पर्धा गर्नु पर्ने सम्भावना बढी छ ।

साबिक विजेता बार्सिलोनाले बिहीबार राति सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो लेगमा बार्सिलोनाले १–० को जित निकालेको थियो । फाइनल खेल आउँदो अप्रिल २१ म हुनेछ ।

среднечастотныхподборазаказать семантическое ядро для сайтафайл добавить sitemapвыезд в израиль на пмж из украиныпродвижение сайта