अहिले नेकपाका महसचिव नेत्रविक्रम चन्द ‘विप्लव’माथि   यस्तो प्रश्न उठाएका छन ‘भन्ने बेलामा नेपालमा सशस्त्र जनयुद्ध सुरु गर्ने भन्ने, आफूचाहिं भारतमा सेल्टर लिएर बस्ने’ 

विप्लवकै पार्टीका अर्का एक नेताले प्रकाण्ड पक्राउ पर्नुको कारण नै विप्लव भारतमा सेल्टर लिएर बस्नुलाई मानेका छन् । उनका अनुसार सरकारले पक्राउ गर्न पुर्जी काटेको र पक्राउ पर्नसक्ने खतरा रहेको भन्दै केही समयअघिदेखि विप्लव दक्षिणी छिमेकी देश भारत बस्दै आएका छन् ।

ऊर्जावान् युवा नेता विप्लव सुरक्षाका कारण देशबाहिर सेल्टर लिएर बस्न थालेपछि चन्दाबाट उठाइएको रकम आफ्नो निजी प्रयोजनमा प्रकाण्डले खर्च गरेको आरोप उनलाई लगाइएको बताइन्छ ।