चैत १७ काठमाडौँ आइरहेका डोमेस्टिक विमानहरु विराटनगरमा ल्यान्ड भए। यो त सामान्य खबर थियो। राति अबेर पो बल्ल खबर आयो, तराईको बारा र पर्सामा त हावाहुरीले वितण्डा नै मच्चाएछ।

मध्यरातमा यो ब्लग लेख्दासम्म कति जनाको मृत्यु भएको हो भन्ने यकिन भइसकेको छैन। तर प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गरेर २५ जनाको मृत्यु र ४ सय जना घाइते भएको जानकारी दिए।

K P Sharma Oli@kpsharmaoli

K P Sharma Oli@kpsharmaoli

K P Sharma Oli@kpsharmaoli

हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

K P Sharma Oli@kpsharmaoli

“नाईट भिजन” हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।