काठमाण्डाैं,चैेत । चैत १५ र १६ गते सरकारले नेपालमा लगाानी सम्मेलन गर्ने तिव्र तयारी गरेको छ । सम्मेलनको लागि सवै खालका तयारी पुरा भइसकेको सरकारले जनाएको छ । सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डललगायत ६ सय भन्दा बढि विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने सरकारको भनाइ छ । त्यसैगरि सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी भइरहेको छ । दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ ।

नेपालको उत्तर तर्फ रहेको चीन र दक्षिण तर्फ रहेको भारत अहिले आर्थिक समृद्धिको उच्चतम विन्दुमा पुग्न लागेका छन । यस्तो बेलामा नेपाल विचमा बसेर कमजोर वा अरुको भर पर्ने खालका भएर बस्न सक्दैन । यसको लागि नेपाल समृद्ध हुनुको विकल्प छैन । नेपालमा अब समृद्धिको लागि स्वदेशी पुजिपतिले जे जति गर्न सक्छन त्यसलाइ पुजिकृत गरेर ठुला  विदेशी लगानीकर्ता भित्रयाउनुपर्छ । 
तर,नेपालमा यसरी ठुला लगानीकर्ता भित्रयाउनको लागि सरकारले केही कुरामा ध्यान दिनैपर्छ । सरकारले सवैभन्दा पहिला नेपालमा विदेशी लगानीको लागि नेपालमा राष्ट्रिय सहमतिको वातावरण छ भनेर प्रष्ट पार्नुपर्छ । र,यसको लागि वोलेर होइन,ब्यवहारबाट पुष्टि गर्नुपर्छ । सहमतिको वातावरण छ भनेर देखाउनको लागि सरकारले सवैभन्दा पहिला संसदमा रहेका राजनीतिक दलको विचमा संवाद गरि सहमतिको वातावरण बनाउनुपर्छ भने यसको लागि विपक्षी दलको नेताको लागि विश्वासमा लिनुपर्छ । तर,यति ठुलो लगानी सम्मेलन हुदा सरकारले न संसदमा  बहश गरेको छ न अन्य राजनीतिक दललाइ विश्वासमा लिएको छ । किन प्रधानमन्त्री ओलीले विपक्षी दलका नेतालाइ लिएर चीन र भारतमा जान सकेनन ? किन नेपालमा लगानीको वातावरण छ भनेर एउटै मञ्चबाट दुवै नेताले वोल्न सकेनन ? 
यसकोे अतिरिक्त सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ । तर,कस्तो संयोग परेको छ भने नेपालमा लगानी सम्मेलन भइरहदा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाइ प्रतिवन्ध लगाएर उनका कार्यकर्ता  धमाधम पक्राउ परिरहेका छन । के यसले लगानीको वातावरण बनाउछ ? 
सरकारले लगानीको लागि वातावरण छ भनेर भनिरहने तर यसको लागि कानुनी झञ्झट,प्रक्रियागत झञ्झट नहटाउने र सहमतिको वातावरण पनि नवनाउने अवस्थाले कस्तो खालको लगानीको वातावरण वनाउला ?