विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनताको उजुरीका आधारमा व्यापारी अजयराम सुमार्गीको जग्गा कब्जा गरेको घोषणा गरेको छ ।अजयराम सुमार्गी प्रचण्डका विस्वासीला व्यापारी हुुुन्। कृष्ण थापाले नेकपाको जनपरिषद् मा उजुरी दिएका थिए ।पोखरा महानगरपालिका शिशुवामा रहेको सुमार्गीको नामको २५ रोपनी जग्गा कब्जा गरेको हो ।

सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लि ले सोवाचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा रहेको कुल २५ रोपनी क्षेत्रफल भएको जग्गा थाहा नदिई आफ्नो नाममा गरेको भन्दै नेकपा कस्कीले कब्जामा पार्टीको झण्डा गाँडेर कब्जाको घोषणा गरेको छ ।

सुमार्गीले परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रा.लि ले विना खबर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउँदा जग्गा विवादित बनेको थियो । पीडित परिवारले न्यायको लागि जनपरिषद् कास्कीमा गरेको निवेदन र आबश्यक छानविनका आधारमा पिडित पक्षलाई न्याय दिनका लागि नेकपा कास्कीले कब्जा गरेको जनाएको छ ।