सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद काेइरालाकाे स्मृति दिवसमा अनाैठाे रहस्य खाेलेका छन।उनले विहिवार गिरिजाप्रसाद काेइरालालाइ सम्झदै राजा ज्ञानेन्द्रले कसरी सत्ता त्यागे भनेर यसकाे भित्रि पाटाे खाेलेका छन।उनले विहिवार भएकाे एक कार्यक्रममा भने अनुसार राजा ज्ञानेन्द्रले सत्ता छाडनु अघि नै यसवारेमा काेइरालाकाे निर्देशन अनुसार राजालाइ भेटेकाे बताएका छन।सभामुख महराले कोइरालाको योजना अनुसार कृष्ण सिटौला र आफूले राजालाई दरवार छोड्नु एकदिन अघि भेटेर परिस्थिति बताएपछि ज्ञानेन्द्रले राजिखुशी दरवार छोडेको खुलासा गरेका छन। महरा तत्कालीन माओवादीको तर्फबाट बार्ता टोलिका कमान्डर थिए । महराले कोइरालाका कारण सशस्त्र युद्ध अन्त्य गर्ने माअ‍ोवादी तयार भएको पनि बताए। उनले काेइरालाकै कारण लोकतान्त्रिक गणतन्त्र सम्भव भएको पनि बताए। उनले काेइरालाले परिपक्व याेजना बनाएकाेले नै रक्तपात विना नै गणतन्त्र आएकाे समेत बताएका छन।