कांग्रेसले सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा माथि लगाएकाे आराेपकाे ठाेस धारणा बल्ल तयार पारेकाे छ।मञ्च नै पिच्छे र नेतै पिच्छे फरक धारणा आइरहेकाे बेलामा कांग्रेसले निकै समयपछि आफनाे धारणा सार्वजनिक गरेकाे हाे।देशब्यापी दाैडाहमा रहेका सभापति शेरवहादुर देउवा कै वचन पटक पटक फेरिंदा आम मानिस मात्र हाेइन कांग्रेसमा नै पनि पार्टी प्रतिवन्ध प्रति कांग्रेसकाे धारणा के हाे भनेर वुझन कठिन भएकाे थियाे।तर शनिवार कांग्रेसले अहिले भने सवैकाे भ्रम निवारार्थ भनेर ६वुदे धारणा सार्वजनिक गरेकाे छ।

कांग्रेसले तयार पारेकाे नया धारणामा पार्टी माथि प्रतिवन्ध लगाउने कामकाे विराेध गरिएकाे छ । दस बर्षे युद्धमा रहेकाे माओवादीलाइ समेत वार्तामा ल्याएकाे पृष्ठभुमिलाइ सम्झदै कांग्रेसले वार्ताबाट नै समाधान खाेज्न अपिल गरेकाे छ ।साथै उसले विप्लव समुहलाइ शान्तिकाे मार्गमा आउन आहवान पनि गरेकाे छ।