ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको राउल ब्राजिल पब्लिक स्कुलमा स्थानीय समयअनुसार बिहान साढे नौ बजे गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ ।  बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

गोली लागेर मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना महिला र दुई जना गोली प्रहार गर्नेमध्येका व्यक्तिहरु रहेको प्रहरीको भनाई छ ।

एजेन्सीका अनुसार शुरुमा आठ जनाको मृत्यु भएकोमा पछि दश पुगेको हो । मृत्यु हुनेको संख्या अरु पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनामा परी घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । घटना थाहा पाउने बित्तिकै अभिभावक र छिमेकीहरु विद्यालयमा पुगेका थिए । गोलि कसले चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ। गोलि कसले र के कारणले चलाएको खुल्न बाकी छ।