अग्निज्वाला कालिकोट सम्बादाताका अनुसार गाउँगाउमा बच्चा देखि वृद्द सम्म विप्लब नेकपा प्रति झुकाव देखिन्छ । यस्तो परिस्थितिमा सुरक्षा कर्मीलाई पनि उनीहरु माथि कसरि कारबाही चलाउने ? कारबाहीका लागि जेलको व्यवस्था कसरि गर्ने भन्ने बिषय नै चुनौतिपूर्ण रहेेको कालिकोट प्रहरी प्रमुख डिएसपी शर्माको भनाइ छ। सरकारले बिप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि का सुरक्षा बिषयमा थप समस्या हुने देखिन्छ । पछिल्लो चरण देशभर बिप्लवको प्रभाव राम्रो देखिन्छ ।

देशभर संगठन निर्माण दौडाहमा ब्यापक बनाएको नेकपाले जनमत पनि त्यहीअनुसार जुटाएको छ ।

कालिकोट प्रहरीका अनुसार विप्लव माओवादीले प्रहरी कार्यालयहरूलाई निशाना बनाउन खोजेको छ।‘उनीहरूसँग हतियार छन् र प्रहरीको हतियार लुट्ने योजना बनाइरहेको सुनिन्छ, तर वास्तविकता के हो हामी अनुसन्धान गरिरहेका छौं,’ डिएसपी शर्माले भने।

ती समुहलाई हामी खोजी गरिरहेका छौं,’ डिएसपी शर्माले भने। बिप्लपका नेताकार्यकर्ता कोही पनि सदरमुकाम टेक्न सकेका छैनन्, अर्धभूमिगत रूपमा गाउँ–गाउँमा खटिन्छन्,’ शर्माले भने,नेकपाका नेता तथा पुर्ब मन्त्री  ‘नवीन बिक अत्याधिक खोजीमा छन्।’