देशकै सबैभन्दा धेरै विकास बजेट खर्चिने मध्येको एक सडक विभागमा यतिबेला डिजि रबिन्द्र श्रेष्ठको मनोमानी चलेको बुझिन्छ ।यसको उदाहरण हो, देशभरका सडकको कार्यप्रगती सुस्त हुनु राजधानी काठमाडौमा खाल्डा खुल्डी पुर्ने काममा कुनै तदारुकता नहुनु। सरकारले राजधानीमा भएका खाल्डा खुल्डी तुरुुन्त पुर्न निर्देशन दिसक्दा पनि डिजि रबिन्द्र श्रेष्ठको तदारुकता देखिएन बरु आफू  कसरी सडक विभागमा रहिरहेने र करोडौंको बिकास बजेटमा अनियमितता गर्नेे भन्नेमा ध्यान गएको बुझिन्छ ।उनी रबिन्द्र श्रेष्ठ सिनियर भएता पनि सचिबमा बढुवा भएनन बरु सडक बिभागमा करोडौं रकम खेलाउन पाउने भएकोले सचिबमा बढुवा नगराउन लागी परे र सफल पनि भए त्यसैले उनिभन्दा कनिष्ठ माधब बेलबासे सचिब भएका छन । रबिन्द्र श्रेष्ठको सडक बिभागको मोह र कार्यशैलीले बिभागका कामलाई गति नदिने र अनियमितता हुनेमा दुईमत भएन। जानकारका अनुसार उनी डिजिमा भइरहे फेरीपनि देसैभरका सडकको अवस्था जस्ताको तस्तै हुने ,करोडौंको अनियमितता हुने  र बर्खामा काठमाडौ उपत्यकाको  सडक हिलाम्मे र जलमग्न हुने निश्चित छ।