२४ गते ,       

इटहरीमा भएको बलात्कार काण्डको बिषय राजधानीको  भन्दा यतिबेला ध्यान त्यतातिर मोडिएको छ । आर्थिक प्रलोभनमा परेर जनप्रतिनिधि र केही पत्रकारहरु समेतले लेनदेन गरी घटना सामसुम बनाएको भन्ने हल्ला समेत बाहिर आएको छ । यहि घटनालाई लिएर  सबै पार्टीले बिज्ञप्ती जारी गरेका छन भने नेपाल पत्रकार महासंघ,क्रान्तिकारी पत्रकार संघ र प्रेस युनियन सुनसरीले समेत बिज्ञप्ती जारी गरिसकेका छन ।

 घटना बिवरण 

सुनसरीको इटहरी स्थित तरहराकी १४ बर्षीया बालिकाको बयान अनुसार इटहरीको रोयल रिसोर्टको २१२ नम्बरको कोठामा घटना भएको थियो । एक महिना अघि  बिराटनगरका मनिष श्रेष्ठ र धरानका जुकल लिम्बुले बलात्कार गरेका थिए । सो आरोपमा लिम्बु पक्राउ परिसकेका छन श्रेष्ठ भने अझै पक्राउ परेका छैनन् ।

घटना भएको १ महिनापछि पिडितकै किटानी जाहेरीका आधारमा मुद्धा दर्तासँगै एसएसपी हरिबहादुर पालको नेतृत्वमा ५ सदस्य छानबिन समिति समेत बनेको छ । नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेकी बालिका बलात्कृत भएकी थिइन् । घटनापछि बालिका दुई दिन घर बाहिर रहिन, सोधिखोजी गर्दा उनी बलात्कृत भएको परिवारले थाहा पायो । आफन्तहरुले प्रहरीमा उजुरी गर्न आग्रह गरे । तर, धार्मिक आस्था र मुद्धा मामिलामा जाँदा खर्च हुने भन्दै लेनदेनमा मुद्दा दर्ता नगराइएको पीडित बताउँछन । इटहरीका इन्स्पेक्टर चिरन्जीवी दाहाल र सुनसरीका एसपी विद्यानन्द माझीलाई पनि घटना थाहा हुँदा हुँदै मिलापत्र गरिएको थियो । पुष १६ गतेको घटनाको माघ १२ मा मात्रै जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो । घटना मिलापत्र गराउनेमा स्थानीय जनप्रतिनिधि र केही राजनीतिक दलका नेताहरुको समेत नाम मुछियो । घटना पछि समाचार लुकाउन केही पत्रकारले रकम लिएको भन्दै केही पत्रकारहरुले नै हल्ला चलाए । त्यसपछि सो कुरा भाईरल भयो ।

viena kareliatexterraпроверка позиций сайтабесплатное продвижение сайтаиндонезииaverage temperature moscow