डा. सीके राउतसंग गरिएकाे ११ वुदे सम्झाैताकाे कारण रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले साेमवार बुद्धिजीवी लाई  कडा अभिब्यक्ति दिएका छन । सरकारसंग भएकाे सहमति विपरित सीके समर्थकले अलग मधेशकाे माग सहितकाे नारा लगाएपछि त झन प्रधानमन्त्री केपी ओलीकाे वारेमा नकारात्मक टिप्पणी भइरहेकाे बेला  साेमवार प्रधानमन्त्री केपी ओलीले पृथकतावाद सकिदा नेपालमा केही बुद्धिजीवी लाई खरो भएको टिप्पणी गरेका छन । राष्ट्रिय सुरक्षा परिषद वैठकलाइ सम्वोधन गर्दै बुद्धिजीवीले पृथकतावाद सकिदा खुशी हुनुपर्ने ठाउमा झन वेखुशी भएको भन्दै आलोचना गरेका छन । प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डताको वारेमा जनमतसंग्रह कुनै हालतमा हुन नसक्ने अडान पनि लिएका छन । सरकारसंग ११ वुदे सम्झौता गरेर पनि अखण्ड नेपालको बदलामा पृथकतावादको वकालत गरिरहेका सीके राउतको वारेमा वुद्धिजीवि र नेताहरुले ब्यापक टिप्पणी गरेपनि प्रधानमन्त्री ओली भने सरकारको आलोचना गर्नेहरु विरुद्ध नै खनिएका छन । उनले केही बुद्धिजीवी भने मानिसलाइ सरकारको आलोचना नगरि वस्नै नसक्ने अवस्था रहेको समेत बताएका छन।