सीके राउत अचानक अदालतकाे आदेशमा रिहा भएकाे भाेलिपल्ट नै सरकारसंग ११ वुदे सम्झाैता गरेपछि अहिले राजनीतिक वृत्तमा सरकारसंग भएकाे सम्झाैता र सम्झाैताकाे भाषाकाे बारेमा ठुलाे बहश हुन थालेकेा छ।देश टुक्रयाउँछु भनेर देशकाे मध्य तराइमा दशक देखि आन्दाेलन गर्दै आएका डा.चन्द्रकान्त राउत सीके र सरकारवीच सम्झाैता भएकाे त छ तर सम्झाैताकाे वुदा नम्वर २ र वुदा नम्वर ४ मा लेखिएका वुदाकाे वारेमा अहिले ठुलाे बहश भएकाे छ।याे सम्झाैतालाइ विभिन्न नेताहरूले सकारात्मक भन्दा पनि शंकाकाे नजरले हेरेका छन।

यसैक्रममा नेकपा स्थायी समिति सदस्य भीम रावलले सम्झाैताकाे भाषा र सम्झाैता गर्ने पक्षकाे नियतमाथि नै शंका गरेका छन।सम्झाैता भएकाे दुइ घण्टापछि टिवटरमा आफनाे विचार लेख्दै उनले सम्झाैता दुइ राष्ट्रविच सम्झाैता भएकाे जस्ताे भाषा किन प्रयाेग गरेकाे भनेर गम्भीर सवाल खडा गरेका छन।साथै उनले सम्झाैता र भाषण दुवैमा सीके राउतले देश विखण्डनकाे कुरा गरेर गलत गरेकाे,त्यस्ता सामाग्री अब प्रयाेग नगर्ने कुनै कुरा नगरेकाे भन्दै गम्भीर आपत्ति प्रकट गरेका छन।

किन