राष्ट्रपतिको VVIP सवारीको नाममा लादिएको ‘सवारी आवागमनमाथिको निषेध’लाई सर्बसाधारण जनताले तोडेर प्रदर्शन गरेका छन् । काठमाडौंमा VVIP को ‘राजतन्त्र शैलीको’ सवारीको नाममा लादिएको पञ्चायतकालीन नियमलाई गणतन्त्र नेपालको इतिहासमा पहिलो पटक हिजो मंगलबार बेलुकी जनताले अवज्ञा गरेका छन ।

एक पछि अर्को विषयमा विवादमा आएकि राष्ट्रपतिको सैन्य दिवसको अवसरमा जंगी अड्डामा आयोजित सम्मान भोजमा सहभागी हुने बेला राष्ट्रपतिको ‘सवारी’को नाममा लामो समयसम्म उनी हिँड्ने भनिएको रुटमा यातायात अवरुद्ध पारिएपछि आजित बनेका आम जनताले लैनचौर क्षेत्रमा त्यसको अवज्ञा गरेका थिए ।

पुरानो ब्यबस्था फेरिएको भनिएपनि पुरानै शैली र आचरण ब्यबहार र कुसंस्कार बोकेका भन्दै राजा जस्तै र उस्तै मालिक भएको देख्दा आम सर्बसाधारणमा निरासा र आक्रोश पैदा भएको देखिन्छ ।

सर्बसाधारणले ट्राफिक प्रहरीले रोक्दारोक्दै त्यो निषेधलाई तोडिदिए, उनिहरु रोकिएनन् । त्यो ‘जनआक्रोश’ झट्ट हेर्दा सानो र आवेगजन्य घटना जस्तो लाग्न र देखिन सक्छ । तर त्यसले उब्जाएका प्रश्नहरु गम्भीर र तत्कालै सम्बोधन गरिनुपर्ने खालको छ ।