झापा,प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई दमन र लुटपाट बन्द गर्न आग्रह गरेका छन्। बन्द आतंक फैलाएर व्यापारी लाई त्रास फैलाउने काममा विप्लव समुह सक्रिय भएको उनको भनाइ थियो ।
झापाको दानाबारीस्थित इलाम र झापाको सिमानामा नेकपाले आयोजना गरेको ४६ औँ सुखानी शहीद स्मृति दिवस तथा श्रद्धाञ्जलिसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेत्र  विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा  सच्चा कम्युनिष्ट भए बम पड्काएर आतंक फैलाउने हैन एकतामा आउनुहोस भन्दै आग्रह गरे।

उनले कम्युनिस्ट पार्टीको नाममा जनतामाथि दमन र लुटपाट मचाउने कार्य तत्काल बन्द गर्न आग्रह गरे । ‘कम्युनिस्ट पार्टी जनता मार्ने, लुट मचाउने, चन्दा असुल्ने, विस्फोट गराउने पार्टी होइन, सच्चा कम्युनिस्ट पार्टी भए आउँनुहोस, देश र जनताको निम्ति एउटै पार्टीमा बसेर काम गरूम्’