ग्रान्डी ,न्युरो र बि &बि अस्पतालको मनपरी बिरमीबाट अतिरिक्त सुल्क असुली ,कारबाही गर्ने निकाय मौन

 

काठमाडाैँ, २४ माघ – बिरामीबाट अतिरिक्त शुल्क असुलेर ठगी गरिरहेका निजी अस्पताललाई कारबाही गर्न सरकारी निकायहरुले आलटाल गर्दै आएका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले अनुगमनका क्रममा विभिन्न सेवाका नाममा चर्को शुल्क असुलेको पाएपछि पुस १८ गते प्रहरी परिसर टेकुमा मुद्धा दर्ता गराएको थियो ।

विभागले इशान बाल तथा महिला अस्पताल, टोखाको ग्रान्ड इन्टरनेशनल अस्पताल र नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) विरुद्ध मुद्धा गर्न प्रहरी परिसर काठमाडौलाई पत्र पत्र पठाएको थियो भने ग्वार्कोको बी एन्ड बी अस्पतालविरुद्ध मुद्दा गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र पठाएको थियो । विभागले बयोधा र नर्भिकविरुद्ध ठगी मुद्दा दर्ता गराएको थियो ।

एक महिना बित्दा पनि कारवाही प्रक्रिया अन्योल बन्दै गएको छ । सम्पूर्ण पक्रिया पूरा गरेर थप अनुसन्धान र काबाही गर्न प्रहरीलाई जिम्मा लगाएको छौँ, विभागका महानिर्देक कुमार दाहालले भने अब अनुसन्धान र काबाही गर्ने अधिकार प्रहरीको हो ।

परिसर स्रोतका अनुसार विगभाले कारबाही गर्न भन्दै परिसरलाई पत्राचार गरेपनि के के विषयमा कसरी ठगी गरेको हो ? नियमसंगत कुन कुन विषयमा कति कर लिन पाउने हो भन्ने स्पष्ट नभएपछि परिसरले आपूर्ति विभाग र स्वास्थ्य सेवा विभागलाई त्यसबारे खुलाईदिन पत्राचार गरेको थियो ।

परिसरले पत्राचार गरेको दुई साता बितिसक्दा पनि स्वास्थ्य विभागले प्रत्युत्तर नलेखेपछि ठगी गर्ने अस्पताल माथिको कारबाही रोकिएको हो । 

google историяammomotourisme bonрабочаяrussian vacationsавтозапчасти из китая

Leave a Reply

Your email address will not be published. Required fields are marked *