२३ माघ, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको करिव सवा २ अर्ब रकम नरोक्न अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको छ ।राष्ट्र बैंकले गरेको रोक्का फुकुवाको माग गर्दै सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम आइतबार सर्वोच्च गएको थियो ।

के थियो  विवाद ?

सुमार्गीले ०७० सालमा करिब ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए । त्यसमध्ये आठ अर्ब रुपैयाँ बैंकबाट निकालिसकेका छ । बाँकी तीन अर्ब रुपैयाँ चार वर्षदेखि बैंकमा थन्किएको छ ।

सुमार्गीले ट्याक्स हेभन मानिएका ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट रकम ल्याएका थिए ।

रकम नेपाल इन्भेस्टमेन्ट बैंकमा डिपोजिट छ । यो रकम अनुमति नलिई सिधै नेपालको बैंकमा जम्मा गराएका थिए ।

नेपाल स्याटेलाइट टेलिकम कम्पनी प्रालिको पूँजीगत लाभकर छलीलगायतबाट सुमार्गीले आर्जन गरेको हुन सक्ने आशंका छ ।१० लाखभन्दा माथिको कारोबारका लागि अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने कानूनी व्यवस्था छ ।रोक्का रकम फुकुवा गर्न सुमार्गीले राजनीतिक लबिङ पनि गरेका थिए  ।

उद्योगी सुमार्गीले २०७० सालमा साढे २५ अर्ब लगानी ल्याउने घोषणा सुमार्गी गरेका थिए । 

работа в алматыinfo.1contxtoolооо толковая реклама мошенникираскрутка сайтапоисковая выдача