काठमाडौं — स्वतन्त्रपुष्टि नभए पनि पाकिस्तान सेनाले दुईवटा भारतीय लडाकू विमान खसालिएको र एक भारतीय विमानचालक पक्राउ गरिएको दाबी गरेको छ । 

इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका निर्देशक जनरल असिफ गफूरले यस कारवाहीको पुष्टि गरे ।

‘पाकिस्तानी वायुसेनाले पाकिस्तानी एयरस्पेसभित्र दुईवटा भारतीय विमान खसाएको छ । एक विमान जम्मु कश्मीरमा खसेको र अर्को भारत अधीनस्थ कश्मीरमा खसालिएको हो । एक भारतीय पाइलटलाई जमीनमा रहेका हाम्रा सैनिकले पक्राउ गरेका छन्,’ उनले ट्वीट गर्दै भने ।

Maj Gen Asif Ghafoor

@OfficialDGISPR

In response to PAF strikes this morning as released by MoFA, IAF crossed LOC. PAF shot down two Indian aircrafts inside Pakistani airspace. One of the aircraft fell inside AJ&K while other fell inside IOK. One Indian pilot arrested by troops on ground while two in the area.

42.7K people are talking about this