भारतीय लडाकु विमान पाकिस्तानकाे सिमानामा घुसेर आक्रमण गरेपछि पाकिस्तानले यसकाे गतिलाे जवाफ दिने जनाएकाे छ।भारतीय विमान घुसेकाे सवैभन्दा पहिलाे टिवट मार्फ विश्वलाइ जानकारी दिने पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफुरले भारतलाइ नसाेचेकाे र गतिलाे जवाफ दिने धम्कीपुर्ण जवाफ दिएका छन।उनले भारतले कुनैपनि बेलामा पाकिस्तानमा यस प्रकारकाे हरकत गर्न सक्छ भनेर आफुहरू तयारी हालतमा रहेकाे बताए।भारतले ३५०जनाकाे मृत्यु भएकाे दावी गरिरहदा पाकिस्तानले एकजनालाइ पनि केही नभएकाे दावी गरेकाे छ।पाकिस्तानी सैनिक प्रवक्ताका अनुसार,भारतीय विमान ३ वटा आएका मध्ये एउटा मात्र सिमा भित्र जम्मा ४ मिनेटसम्म पसेकाे थियाे र वाकी दुइ वटा सिमाना बाहिर नै रहेकाे बताए।उनले कुनै हमला नभएकाे,र कुनै क्षति पनि नभएकाे भन्दै यसकाे तस्वीर सार्वजनिक गर्ने बताए।