भारतको पुलवामा जिल्लामा गत फेब्रुअरी १४ मा भारतीय केन्द्रीय रिजर्व फोर्सका ४६ जना सुरक्षाकर्मी आत्मघाती आक्रमणमा मारिएपछि भारत र पाकिस्तानबीचको तनाव बढ्दै गएको छ ।अहिले जम्मु–कश्मिरस्थित नियन्त्रिण रेखामा भारत र पाकिस्तानबीच तनाब बढेको छ ।

भारतले पाकिस्तानको भुमिमा गरेको आक्रमणको पहिलो दिनमै भारतले नियन्त्रित रेखा लाइन अफ कन्ट्रोलमा दुई पक्षबीच गोली हानाहान भएको छ । घटनामा केहीको हताहती भएको छ भने केही घाइते भएका समाचार आएका छन् । घटनामा भारतीय सेनाको गोली लागेर चार पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।घटनामा भारतीय सेनाका पाँच जवान घाइते भएको भारतले जनाएको छ ।