नेपालका प्रधानमन्त्री केपी ओली वारम्वार आफनाे काम देखेर विश्व नै चकित भएकाे बताइरहन्छन।तर उनले दुई  मन्त्रीलाई २ घन्टा कुराइ चकित पारेका छन।आइतवार दुइवटा मन्त्रालयका मन्त्री र सचिवलाइ उनले मन्त्रालयकाे भावी याेजना वारे व्रिफिङ गर्न बाेलाएका थिए तर उनले आफैले वाेलाएकाे वैठकमा २घण्टासम्म प्रधानमन्त्री हलमा नआए र अति भएपछि कृषि मन्त्रीका सञ्चार सहयाेगीले टिवटरमा नै लेखे-प्रधानमन्त्रीलाइ कुरेकाे दुइ घण्टा भाे।यहि पाराले कसरी आउला समृद्धि ? ।तर कृषि मन्त्री चक्रपाणी खनाल र भुमिसुधार मन्त्री पदमा अर्याल कुरेर बसिरहे।उठेर हिंडदा प्रधानमन्त्रीकाे अपमान हाेला भनेर कुरेर बसे।
लामाे कुराइपछि प्रधानमन्त्री हलमा त आए तर यसपछि उनले मन्त्रीकाे र सचिवकाे व्रिफिङ धैर्यतापुर्वक सुनेनन बरू उल्टै दुवै मन्त्रालयले सन्ताेषजनक काम गर्न नसकेकाे भन्दै हप्काए।माअाेवादी काेटाबाट कृषि मन्त्रीभएका खनालकाे कामबाट त झन उनी प्रशन्न भएनन।खाधान्न अभाव भएकाे,कृषि उत्पादनमा वृद्धि नभएकाे उनकाे आक्राेश थियाे।उनले काम सुधार्न निर्देशन पनि दिए।