दीपक बाेहरा कमल थापा नेतृत्वकाे राप्रपामा प्रवेश गरेका छन।डा.प्रकाशचन्द्र लाेहनी र पशुपति शमशेर राणा विच एकता भएर राप्रपा संयुक्त बनेपछि असन्तुष्ट भएका बाेहरा कमल थापा नेतृत्वकाे राप्रपा प्रवेश गरेका हुन।उनीहरूसंगै प्रदीप उदय,अलाउद्धिन अन्सारी लगायतका नेता पनि राप्रपा प्रवेश गरेका छन।वाेहराकाे पशुपति शमशेर राणासंग निकै लामाे सम्वन्ध थियाे तर राप्रपा संयुक्तमा गतिलाे पद नपाएपछि रिसाएका वाेहरा आइतवार कमल थापासंग मिलेका हुन।
यसरी थापा र वाेहरा विच एकता भएकै दिन कमल थापाबाट १४ जना नेता भने पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लाेहनी नेतृत्वकाे दलामा प्रवेश गरेका छन। यसरी थापालाइ छाडनेमा पुर्वप्रधानमन्त्री लाेकेन्द्रवहादुर चन्दका छाेरा जयन्त चन्द सहित १४ जना नेताले थापालाइ छाडेका हुन।