उत्तर काेरियाकाे सरकारी सञ्चार माध्यामका अनुसार काेरियाली शासक किम जाेङ उन रेलबाट भियतनाम तर्फ निस्किएका छन।उनले रेलमा चढदा हात हल्लाएकाे तस्वीर सार्वजनिक भएकाे छ।बुधवार र विहिवार भियतनामकाे राजधानी हनाेइमा हुने अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसंग हुने भेटवार्ताकाे लागि उनी उत्तर काेरियाबाट रेलमा निस्किएका हुन।उनी उत्तर काेरियाबाट चिनकाे सिमा नाका ददाेङसम्म आइपुगेका हुन।

गत बर्ष सिंगापुरमा ट्रम्प र किम विच पहिलाे पटक वार्ता भएकाे थियाे।यसपछि उत्तर काेरिया र अमेरिका विचकाे सम्वन्धमा केही शीतलता आएकाे थियाे।र,दुवै शासकले एकले अर्काकाे प्रशंशा समेत गरेका थिए।

यसपटक दुवै शासक विच हनाेइमा भेट हुनेछ र यस बेलामा के वार्ता हुनेछ र कति प्रगति हुनेछ भन्ने अनुमान गर्न कठिन भएकाे छ।