नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको पाेखरा सभागृहमा भएकाे केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा कार्यक्रम चलिरहेको छ । मञ्चमा सभामुख महरा लगायत संघीय र प्रदेश गरी झण्डै एक दर्जन मन्त्रीहरु थिए ।पोखराको सभागृह १४ सय पत्रकारहरुले भरिएको थियोे ।

कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्ना संगठनको धारणा साथै शुभकामना राख्ने कार्यक्रम थियो । त्यहीँ विचमा विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रे संगठनको धारणा र साधारणसभाको शुभकामना दिन रोष्टममा पुगे ।

सञ्चार मन्त्रीलाई संकेत गर्दै अध्यक्ष डुम्रेले कडा टिप्पणी दिएका थिए । ‘मन्त्री ज्यु! तपाईं पुर्व पत्रकार समेत हो, खोई पत्रकारका समस्या बुझेको, भन्दै तपाईंले चलाएको पत्रिकामा समाचार लेख्न र मार्केटिङ गर्ने कतिपय पत्रकारहरु अहिले पनि काठमाडौंमा १ हजारको विज्ञापन उठाउदै हिड्नु पर्ने बाध्यता छ तर तपाई मन्त्री भएर पनि खोई पत्रकारका समस्या बुझेको भन्दै अाक्रोस व्यक्त गरेपछि हलमा सहभागीले गडगडाहट तालि बजाएका थिए ।

उनले हिजोका दिनमा जनयुद्धकालमा अहिले सभामुख रहेका कृष्ण बहादुर महरा लगायतका नेताहरुको विचार वा अन्तरबार्ता लिन पत्रकारहरु लुक्दै जानु पर्ने बाध्यता रहेकाे स्मरण गराउदै अहिले पनि याे अवस्था रहेकाे उल्लेख गरे ।

उनले भने,`संगै जनयुद्ध लडेका नेताहरू संसद र सरकारमा हुदा समेत हिजाे संगै लडेका कतिपय नेताहरुको विचार र अन्तरवार्ता लिन अहिले लुक्दै जानु पर्ने अवस्था छ, यो कस्तो गणतन्त्र हो ?´

आफ्ना विचार तथा आस्था राख्दा समेत राज्यले धरपकड र हस्तक्षेप गर्ने भन्दै आक्रोस पोखिरहदा महराले रोष्टममा बोलिरहेका डुम्रेलाई हेरिरहेका थिए ।

उता डुम्रेले सभामुख महरा र सञ्चार मन्त्री लाई संकेत गर्दै कडा मन्तब्य राखिरहदा सत्तारूढ नेकपा नेता योगेश भट्टराई, पत्रकार महासंघका पुर्व अध्यक्षहरुले महरालाई हेर्दै हासिरहेका थिए ।