युद्धकालको झझल्को आउने गरि बिप्लप नेकपाले साङ्गीतिक प्रस्तुति सहित देसैभर अभियान चलाएको छ। अभियानले मुख्यतय सङ्ठगन विस्तार र जनप्रतिनिधिलाई कारबाही गर्ने एक केन्द्रिय सदस्यले अग्निज्वाला डट कम लाई जानकारी दिए ।
यसैक्रममा नेकपा रुकुमले जिल्लाका विभिन्न ठाउँमा जनसभा गरि सङ्ठगन विस्तार व्यापक बनाइएको छ ।
जनसभालाई सम्बोधन गर्द्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ ले कमिसन र भ्रष्टाचारका विरुद्ध लड्न आफूहरूले गाउँगाउँमा जनसत्ता गठन गरेको बताएका छन् । उनले भने, ‘जनसत्ता गठन गरिएको छ । कमिसनखोरी र भ्रष्टाचारीलाई जनसत्ताले कारबाही गर्छ ।’
भर्खरै पूर्वमाओवादी केन्द्र परित्याग गरेका पूर्वब्रिगेड कमान्डर शिशिरले सत्तारूढ दलमा सच्चा कम्युनिस्ट नेता भए नेकपामा आउन आग्रह गरे ।