काठमाण्डाैं,नेपालले आफनाे शान र सम्पदा विश्वभर विस्तारै फैलाउन थालेकाे छ।विश्वमा नै मन्दिरै मन्दिरकाे शहर भनेर परिचय बनाएकाे नेपालकाे राजधानी काठमाण्डाैंले फेरि पनि विश्वका घुम्न लायक देशकाे सुचीमा आफुलाइ पाँचाैं नम्वरमा पार्न सफल भएकाे छ।विश्वका प्रमुख शहरलाइ पछि पारेर काठमाण्डाैंले आफनाे शान र सम्पदा चिनाउने माैका पाएकाे छ।काठमाण्डाैंलाइ लाेन्ली प्लानेटले उत्कृष्ट पाँचाैं नम्वरमा राखेकाे हाे।

लाेन्ली प्लानेटका अनुसार,काठमाण्डाैंले अमेरिका,मेक्सिकाे सिटी,सेनेगल,क्राेयशिया,माेरक्काेलाइ पछि पारेकाे हाे।यस्ता देश र शहरलाइ पछि पारेर नेपालले आफनाे परिचय दिन सकेकाे छ। नेपाललाइ उत्कृष्ट पाँच शहर राख्नुकाे कारण पनि उसले उल्लेख गरेकाे छ।उसले कारणकाे रूपमा नेपालमा हर्न निषेध गरिएकाे,राम्रा हाेटल भएकाे,बत्ती जतिवेला पनि भएकाे र इन्टरनेट राम्राे भएकाे बताएकाे छ।