बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट करिब ३० किलो अवैध लागूऔषध चरेश सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ रहेका छन् ।

सोही ठाउँमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले ३० किलो आलुसँग मिसाएर बोरामा लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध चरेश सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।