भेनेजुयला प्रकरणपछि एक अर्कासंग रिसाएका नेकपा अध्यक्ष केपी ओली र प्रचण्डपछि शनिवार राती भेटवार्ता भएकाे छ। शनिवार विहानै देखि एकै दिन तिन वटा कार्यक्रममा भाग लिन पुगेका अध्यक्ष दाहालसंग प्रधानमनत्री समेत रहेका ओलीविच एकतालाइ अघि बढाउन छलफल भएकाे हाे।पार्टी एकताकाे लागि कार्यदल बनाएपनि यसले खास काम गर्न नसकिरहेकाे बेलामा अध्यक्षहरूविच भेटवार्ता भएकाे हाे।तर,भेटमा ठाेस प्रगति भएन।यस वालुवाटार भेटमा एकतालाइ छिटै टुंग्याउने सहमति भएकाे र यसै अनुसार काम भएकाे वुझिएकाे छ तर कुनै ठाेस सहमति भने भएकाे छैन।नेकपामा टाउकाे मिलेपनि तल्लाे तहमा भने कुनै समझदारी भएकाे छैन।