काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुन २ गते  देशवासीका नाममा सम्वोधन गर्नेभएका छन् । सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले सिहदरवारबाट अपरान्ह सम्वोधन गर्न लाग्नु भएको हो ।

उनले सम्वोधनका क्रममा सरकारले अहिलेसम्म गरेका काम, आगामी दिनका लक्ष्य लगायतका विषयमा जानकारी गराउनेछन् । साथै उनले यसविचमा देखिएका समस्याका विषयमा पनि सम्वोधन गर्ने बताइएको छ । बिहीवार अपराह्न ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडिबाट सम्बोधनको कार्यक्रम राखिएको मुख्य सचिव लोकदर्शन रेग्मीले जानकारी दिए ।

नेकपा संसदीय दलका नेता ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । मंसिरमा निर्वाचन भएपनि राष्ट्रियसभा निर्वाचन ढीला हुँदा ३ फागुनमा मात्र सरकार गठन भएको थियो ।