एमाले र माओवादी नामका पार्टीहरु एक भई नेकपा बनिसक्यो। फागुन १ गते पहिलेको एमालेको कार्यालयमा नेकपाले जनयुद्ध दिवस मनायो। तर इतिहास कायम छ। इतिहासका दस्तावेजहरु पनि स्मरणमै छन्। झलनाथ खनालको संयोजकत्वमा ‘माओवादी तथा राज्यद्वारा सृजित हिंसा र आतंकसम्बन्धी अध्ययन कार्यदल’ २०५६ सालमा बनाएको थियो। त्यो दस्तावेजमा माओवादीलाई एमालेले गरेको आलोचना अहिलेको सन्दर्भमा पढ्न रोचकै हुन्छ। अहिलेलाई पढौँ एमालेको दस्तावेजमा माओवादीको आलोचना।

उनीहरु क्रान्तिका ठूलठूला कुरा गरिरहेका छन्, तर नेपाली समाजमा विद्यमान विभिन्न राजनीतिक शक्तिहरुको वर्ग विश्लेषणमा नै ठूलो भ्रम सृजना गरिरहेका छन् । कुन राजनीतिक शक्तिको वर्ग चरित्र के हो भन्ने कुरालाई पनि आफ्नो मनोगत इच्छा र चाहनाका आधारमा निष्कर्ष निकाल्ने काम गरिरहेका छन् ।

उनीहरु नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न समूहहरुलाई आनो मनोगत निष्कर्षका आधारमा विभिन्न विल्लाहरु भिराउने काम गरिरहेका छन् । त्यसैले उनीहरु नेकपा (एमाले) लाई समेत “प्रतिकृयावादमा पतन भएको” पार्टीका रुपमा विश्लेषण गरिरहका छन् र उनीहरुको “सशस्त्र डफा” हरुलाई शत्रु घोषित गरिएको नेकपा (एमाले) का कार्यकर्ताहरु माथि हत्या गर्ने, अपहरण गर्ने, कुटपिट गर्ने, अंगभंग गर्ने र लुटपिट गर्ने काममा उकासीरहेका छन् । प्रतिकृयावादी शक्ति र वामपंथी शक्तिलाई छुट्याउने कसी के हो ? यति प्राथमिक कुराको पनि उनीहरुलाई ज्ञान छैन ।

उनीहरु एकातिर राजतन्त्र ध्वस्त गर्ने कुरा पनि गरिरहेका छन्, तर व्यवहारमा देशका धेरै ठाउं पूर्व पंचहरुसंग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने, उनीहरुलाई बचाउने, उनीहरुले गल्ती नै गरेपनि वास्ता नगर्ने तर एमालेका कार्यकर्ताहरु माथि “सुराकी गरेको” भूठ्ठा र शतप्रतिशत गलत आरोप खडा गरेर हमला गर्ने काम गरिरहेका छन् । उनीहरुले खास खास घटनामा “गल्ती भएको” कुरा स्वीकार गरे पनि आम व्यवहारमा परिवर्तन भएको देखिंदैन।

उनीहरुले त्यसरी नै दरवार, राप्रपा, पूर्व पंचहरु, नेपाल सद्भावना पार्टी र अन्य विभिन्न वाम समूहका बारेमा ठोस वर्ग विश्लेषण अझैसम्म पनि प्रष्ट रुपले बाहिर ल्याउन सकिरहेको छैन ।

उनीहरु विश्वमा खाली साम्राज्यवाद र पूँजीवाद मात्र देख्छन, र सबै मुलुकहरुलाई शत्रु श्रेणीमा नै गणना गर्छन् ।

-उनीहरु विश्व समाजवादी क्रान्तिका महत्वपूर्ण आधारका रुपमा रहेका समाजवादी मुलुकहरु र त्यस शक्तिको भूमिकालाई देख्तैनन् । चीन, कोरिया, भियतनाम, क्यूवा र लाओस जस्ता मुलुकहरु पनि उनीहरुको नजरमा पूँजीवादी मुलुक नै हुन् र उनीहरुले आआनो देशको विशिष्ट स्थितिमा निर्माण गरिरहेको समाजवाद उनीहरुका नजरमा पूँजीवाद नै हो ।

उनीहरु यसरी पूँजीवाद र समाजवादका बीचमा विश्व क्रान्तिका पक्षधर शक्तिहरु र विरोधी शक्तिहरुका बीचमा, विभिन्न खाले राज्यहरुका वर्गीय चरित्रका बीचमा तथा शत्रु र मित्रका बीचमा भिन्नता मात्र पनि गर्न सकिरहेका छैनन् ।

उनीहरु विश्व धरातलमा समाजवादी विश्व क्रान्तिको वस्तुगत अवस्था विद्यमान नभै कुनै पनि पिछडिएको वा अर्धसामन्ती तथा अर्धउपनिवेशी देशमा पनि नयां जनवादी क्रान्तिको प्रकृया अस्तित्वमा आउन सक्तैन भन्ने कुरालाई पनि बुझिरहेका छैनन् । जब विश्वमा कहिं पनि पूँजीवादलाई छिन्नभिन्न पारिएको वा प्वाल पारिएको हुंदैन, त्यसबेला नेपाल वा अन्य कुनै पनि तेश्रो विश्वका मुलुकमा नयां जनवादी क्रान्तिको वस्तुगत आधार नै तयार हुन सक्तैन भन्ने कुरालाई उनीहरु देख्तैनन् ।

उनीहरु विश्व कम्युनिष्ट आन्दोलन, विभिन्न उत्पीडित राष्ट्र र मुलुकहरुले चलाई रहेका स्वतन्त्रता, जनवाद र मुक्तिका आन्दोलनहरु, मजदुर आन्दोलनहरु, तमाम श्रमजीवी जनताका आन्दोलनहरु, वातावरण, मानव अधिकार र प्राकृतिक साधन श्रोत संरक्षणका आन्दोलनहरु र विभिन्न देशमा भैरहेका समाजवाद निर्माणका वस्तुगत प्रकृयाहरु सबै नै वर्तमान विश्व समाजवादी क्रान्तिका विभिन्न धाराहरु र संघटक अंगहरु हुन् भन्ने कुरालाई पनि देख्न सकिरहेका छैनन् । त्यसैले विश्व परिस्थितिको विश्लेषण गर्ने, त्यसभित्र रहेका दुई पक्षहरुलाई देख्ने र एउटा सन्तुलित दृष्टिकोण अघि सार्ने कुरामा पनि उनीहरु एकपाखे, एकलकाटे र गलत दृष्टिकोण राख्छन् ।

उनीहरु समाजमा चल्ने वर्ग संघर्ष एक वा अर्को हिंसाबाट मात्र अघि बढ्दैन, त्यसभित्र संघर्षका खुला वा गुप्त, कानूनी वा गैरकानूनी, वैधानिक वा अवैधानिक, संसदीय वा गैरसंसदीय, शान्तिपूर्ण वा हिंसात्मक, निशस्त्र वा सशस्त्र, छापामार संघर्ष वा राष्ट्रिय जनविद्रोह, आर्थिक वा राजनीतिक आदि अनेक रुप हुन सक्छन् भन्ने कुरालाई मान्दैनन् र खास रुपहरुमा मात्र निरपेक्ष रुपले लागिरहनुलाई नै क्रान्तिकारिता ठान्छन् ।

१० उनीहरु कुन देशमा कति बेला संघर्षको कुन रुपलाई प्राथमिकता दिनु पर्छ भन्ने कुरा आनो चाहना, इच्छा र आकांक्षामा खोज्छन्, तर संघर्षका रुपहरु भनेका स्वयं वस्तुगत प्रकृयाका उपज हुन र तिनीहरु सम्बन्धित समाजको वर्ग सम्बन्ध, वर्ग अन्तर्विरोध, वर्ग संघर्षको अवस्था र शत्रु वर्गले अपनाइरहेका दमन र उत्पीडनका तरिकाहरु माथि समेत निर्भर गर्दछन् भन्ने कुरालाई पनि मान्दैनन् ।

११ उनीहरु उपरोक्त कारणले जुन देशमा प्रजातान्त्रिक औसरहरु छ, संसद छ, आवधिक निर्वाचन हुन्छ र कानूनी, खुल्ला, वैधानिक र संसदीय संघर्ष गर्ने औसर हुन्छन्, ती देशका क्रान्तिहरु ती औसरहरुको अधिकतम उपयोग नगरी अघि बढ्न सक्तैनन् भन्ने कुरालाई पनि मान्दैनन् । त्यसैले 

१२ उनीहरु संघर्षका उपरोक्त संभावनाहरुलाई निरपेक्ष रुपमा नै अस्वीकार गर्छन् र खाली छापामार संघर्ष, दीर्घकालीन संघर्ष आदिको मात्र वकालत गर्न पुग्छन् । त्यसले क्रमशः आफुलाई अलग थलग पार्दै लान्छ भन्ने कुरा पनि बुझिरहेका छैन ।