प्रदेश नम्बर २ का  २ ठूला दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मुख्यमन्त्री र सभामुख पद बाँडफाट गर्ने भएका छन्।

संघीय समाजवादी फोरमका उपाध्यक्ष मोहम्मद लालबाबु राउत यो प्रदेशको मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ। आइतबार राति फोरमको संसदीय दलको नेतामा सर्वसम्मत चुनिएपछि राउत मुख्यमन्त्री बन्ने पक्का भएको हो।

राजपाले पनि प्रदेश-२ को मुख्यमन्त्रीमा राउतलाई स्वीकारेको छ।मुख्य मन्त्री फोरमले पाउने भएपछि राजपाको सभामुख बन्ने दुई दलबीच सहमति भएको बुझिन्छ ।पर्साका स्थायीवासी राउत मुस्लिम समुदायका हुन्।  उनी दोश्रो संविधानसभामा समानुपातिका सांसद बनेका थिए। यस पटक उनी पर्सा क्षेत्र नम्बर २ को प्रदेश ‘क’बाट निर्वाचित भएका हुन्।

२० वर्ष अंग्रेजी अध्यापन गराएका राउतले १६ वर्षसम्म वीरगञ्ज नगरपालिकामा दोश्रो श्रेणीको कर्मचारीको रूपमा समेत काम गरेका थिए।

२०५८ देखि फोरम अध्यक्ष उपेन्द्र यादवसँग निकट  रहेका राउत २०६३ को मधेश अन्दोलनपछि राजनीति सक्रिय भएका हुन्। उनी अधिवक्ता पनि हुन् तर अहिलेसम्म बहस भने गरेका छैनन्। राउत मुख्यमन्त्री भए भने अल्पसंख्यक मुस्लिम  समुदायबाट कार्यकारी प्रमुख हुने उनी पहिलो व्यक्ति हुनेछन्।

राउतले आफू मुख्यमन्त्री बने प्रदेशका सबै पार्टीलाई मिलाएर लैजाने बताए।

‘हामी अहिले राजपासँग मिलेर सरकार बनाउछौं,’ उनले भने, ‘अरू पार्टीसँग सहकार्य गर्नेबारे कुनै छलफल भएको छैन। अरु पार्टी सँगै लैजाने काम समयक्रममा हुन्छ होला।’

‘हाम्रो पार्टी उत्पीडित समुदायको हितमा काम गर्ने भएकोले आर्थिक, सामाजिक, शैक्षिक र मानव सुचांकमापछि परेका समुदायको हितमा काम गर्ने बताए ।

प्रादेशिक रूपमा विकासका काम गर्नुपर्ने र राष्ट्रिय रूपमा संविधानका त्रुटीलाई सच्चाउनुपर्ने आफ्नो पार्टीको कार्यभार भएको उनले बताए।

‘हाम्रो स्थानीय समस्या एउटा छ। विकासका कुरा छन्। बेरोजगारी, गरिबी र कुशासन छ। यी सबै समस्यासँग जुधेर अघि बढ्न पर्छ,’ उनले भने,‘ संविधानमा रहेको त्रुटीलाई सच्चाएर अगाडि बढ्न केन्द्रमा पनि काम गर्नु पर्छ।’

आइतबार प्रदेश सभाको पहिलो बैठक बसेको  प्रदेश २ मा मुख्यमन्त्रीको चुनाव मिति भने तोकिएको छैन।

маркетинг определениепродвижение товарасайтовseo продвижение этосапоги на толстой подошвевч сч нч