इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भाणटावारीमा भारतीय प्रहरी हतियार सहित नेपाल प्रवेश गरेका छन् । आइतबार दिउँसो १ बजे भारत बिहारका २ प्रहरी जवान हतियार सहितनेपाल प्रवेश गरेका हुन् । वनटेस्ट कारमा एस.एम.जी.९ र पिस्टन सहित भारत मधुवनी जिल्ला लौकही थानाका एसआई रामअशिश काम्ती र हवल्दार बर्जेन्द्र शर्मा स्थानीय सीमावर्ती क्षेत्रका नेपाली लाई लखेट्दै नेपाली भुमिमा प्रवेश गरेको भाणटावारी स्थानीयहरुले बताएका छन् ।

नेपालीलाई फोनमा भेट्न बोलाएर समात्न खोजेपछि स्थानीय दुई जना नेपाली भागेर नेपाल प्रवेश गर्दा समेत भारतीय प्रहरी उनीहरूलाई लखेट्दै हतियार सहित नेपाल प्रवेश गरेका हुन् । स्थानीय सीमावर्ती क्षेत्रका नेपाली प्रहरीसंग समन्वय नगरी नेपालमा प्रवेश गरेर  मार्ने प्रयास गरेको कोसी गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष विन्देश्वर यादवले बताए ।

यादव सहितको नेतृत्वमा रहेको स्थानीयहरु संगै बिओपी भाणटावारीका सशस्त्र प्रहरीले उनीहरू लाई समातेर नेपाल प्रहरीको जिम्मा लगाएको थिए । यस्तो घटना फेरि नदोहोरिने प्रतिबद्धता भारतीय पक्षले जनाएपछि उनीहरूलाई नेपाल प्रहरीले भारतीय प्रहरी जिम्मा लगाएको सुनसरी प्रहरीले जनाएको छ । केही वर्ष अघि पनि यहीँ क्षेत्रमा भारतीय एसएसबीले गोली चलाउदा चार जना नेपाली घाइते भएका थिए । यता पटक पटक भारतीय प्रहरीको ज्यादतीले सीमावर्ती क्षेत्रका स्थानीयहरु त्रसित हुने गरेका छन् ।

музыкаrjynfrn dооо толковая реклама разводраскрутка ютубФільчаков Олександр Васильовичалександр лобановский харьков класс