नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र हिजो साँझ विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट बिहिवार पक्राउ गरेको प्रहरी जानकारी दिएको छ ।उनि अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष हुन ।

विश्वकर्मा यति एयरलायन्सको जहाजबाट साँझ ५:५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा थिए।मोरङ जिल्लाका प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली सहिद फेला परेपछि नरेन्द्रलाई पक्राउ गरेको बताए ।जहाजमा चढ्नलाई सुरक्षा चेकजाँच गराउने क्रममा गोलीसहित पक्राउ परेका विश्वकर्मालाई आवाश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलय ल्याएको श्रेष्ठले जानकारी दिए ।