युनिभर्सल पावर कम्पनीको आईपीओ माघ २५ देखि निष्कासन

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले माघ २५ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको ८६ करोड ७४ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ७४ हजार ४९२ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित दोलखा जिल्लाको स्थानीयबासिन्दालाई बिक्री हुन बाँकी १७ करोड ६६ लाख १५ हजार रुपैयाँ बराबरको १७ लाख ६६ हजार १५० कित्ता समेत जोडरे आईपीओ निष्कासन गर्न लागेको हो । यसअघि दोलखाको गौरिशंंकर, कालिञ्चोक र विगो गाउँपालिकालाई २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

आईपीओ निष्कासन बन्द छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ न्युनतम ५० देखि ५० लाख कित्तासम्म भर्न पाईने छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने छ ।

स्थानियबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । ५४ प्रतिशत संस्थापक र ४६ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत २ अर्ब ४ करोड रुपैया छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो ।

आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ६० लाख रुपैयाँ छ । सरकारले कम्पनीलाई २९ वर्षका लागि विद्युत उत्पादन अनुमति (लाइसेन्स) दिएको छ । ७ वर्ष ९ महिनामा आयोजनाबाट साधारण लगानी फिर्ता हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *