काठमाण्डाैं,स्वास्थ्य सुधारको माग गर्दै नेपालमा अनशन बसिरहेका डा.केसि जस्तै
भारतमा अनशनबाट नै लाेकपाल विध्येक जनमुखी बनाउन दवाव दिएका भारतका सत्याग्रही अन्ना हजारे वुधवारबाट फेरि अनशन बसेका छन। उनी वुधवार भारतकाे महाराष्ट्रकाे अहमदनगरमा अनशन बसेका हुन।लाेकपाल विध्येक बनेपनि यसलाइ कार्यान्वयनमा नल्याएकाे भन्दै उनी पुन अनशन बसेका हुन।हजारेले विध्येक पास गर्नकाे लागि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाइ दवाव दिएपनि उनले वास्ता नगरेकाे भन्दै अब कार्यान्वयनकाे लागि दवाव दिन अनशन बसेकाे बताएका छन।विध्येकमा स्वतन्त्र लाेकपाल गठनकाे ब्यवस्था गरिएकाे छ तर सन २०११मा अनशन बसेर विध्येक बनेपनि अहिलेसम्म कार्यान्वयन नभएपछि उनी अनशन बसेका हुन। अब अनशनमा कतिको राजनीति हुनेे हो त्यो हेर्न बाकीछ।