अन्तत सरकार प्रमुख विपक्षी दल नेपाली कांग्रेससंग झुकेकाे छ। साेमवार प्रधानमन्त्री केपी ओली सुटुक्क देउवा निवास वुढानिलकण्ठमा गएर भेटेर मनाउने काेशिश गरेका छन। आफना दुइ दिवंगत नेता गिरिजाप्रसाद काेइराला र सुशील काेइरालाकाे नाममा वन्न लागेकाे अस्पताललाइ प्रदेश मातहतमा राखेपछि आक्राेशित भएकाे नेपाली कांग्रेसले लगातार सदन अवरूद्ध र सडकमा समेत जाने चेतावनी दिएपछि सरकारले अब यी अस्पताल संघ मातहत राख्ने निर्णय गरेकेा छ।सरकारले पेलेर संघ मातहत रहेकाे अस्पताललाइ प्रदेशकाे जिम्मा लगाएर प्राथमिकतामा राखेकाे थिएन।

यसैबीच  साेमवार बसेकाे मन्त्रीपरिषद निर्णयले कांग्रेसलाइ शान्त पार्न यस्ताे निर्णय गरेकाे छ।सभामुख कृष्णवहादुर महराले भने कार्यब्यवस्था परामर्श समितिकाे वैठक डाकेर सहमति गर्ने र भाेलिकाे संसद वैठक कम तनावपुर्ण पार्ने काेशिश भने जारी राखेका छन तर कांग्रेस भने सभामुख महरासंग नै बढता आक्राेशित रहेकाे छ।