ललितपुरकाे शिवपार्वती मन्दिरमा पुजा गरेर फर्कदै गर्दा अचानक हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पुर्वयुवराज पारश शाहकाे अझै खतरामुक्त भएका छैनन।उनलाइ अस्पतालले आइसियुबाट सिसियुमा सारेकाे छ तर पनि उनकाे अवस्था सामान्य बन्न सकेकाे छैन।

उनका पिता पुर्वराजा ज्ञानेन्द्र शाह र आमा पुर्वरानी काेमल शाह भने सिमरामा छन।अचानक विमान नपाएपछि उनीहरू सिमरामा नै अडकिएका छन।पत्नी हिमानी शाह भने थाइल्याण्डमा छिन।

पुर्वयुवराज विरामी भएपछि अहिले नर्भिक अस्पतालमा उनकाे स्वास्थय अवस्था जान्नकाे लागि मानिसहरूकाे भीड लागेकाे छ।राप्रपाका कैयाैं नेता कार्यकर्ता नर्भिक पुगेका छन।