भैरहवालाई १ रनले पराजित गर्दै ईपिएल क्रिकेटको उपाधि विराटनगरको पोल्टामा

 

एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटको उपाधि विराटनगर वरियर्सले जितेको छ।

फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १ रनले हराएको हो । रोचक फाइनल खेलमा भैरहवाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४८ रन बनायो ।

विराटनगरले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा सुरुवातमा राम्रो प्रदर्शन गरेको भैरहवाले अन्तिममा लगातार विकेट गुमाएको थियो । भैरहवाका लागि कप्तान शरदले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । भैरहवाका लागि प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन बनाए ।

यद्यपी पछाडि आएका ब्याट्सम्यान टिक्न नसक्दा भैरहवा राम्रो खेल्दाखेल्दै पराजित भयो ।

उपाधि सँगै विराटनगरका कप्तान पारस खड्का म्यान अफ दि म्याच बने । विजेता विराटनगरले ट्रफीसहित २१ लाख पाउने छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर विराटनगरले व्याटिङ रोजेको थियो । विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो । विराटनगरका लागि अन्सुमान राथले सार्वाधिक ४१ रन बनाएका थिए । पासर खड्काले २७ र अनिल साहले २२ रन बनाए ।

ईपीएलकै उच्च स्कोर बनाएका बाबर हयात भने ११ रनमै आउट भएका थिए । भैरहवाका कृष्ण कार्की र हरिशंकर साहले २–२ विकेट लिए

как продвинуть сайт в поисковикеb2b рынокстоитсайтаможно ли в румынию с шенгенской визойtrips to siberia

Leave a Reply

Your email address will not be published. Required fields are marked *