पछिल्लो समय आफ्नो सक्रियता बढाउँदै लगेका पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाह तराईका जिल्लामा लामो भ्रमणमा निस्किदै छन ।यसैक्रममा आइतबारदेखि तराई गएका छन् ।पारिवारिक भ्रमणको लागि भन्दै शाह तराई आएको जानकारी  छ ।अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा गरेर राजावादीसँग भेटघाट र गोप्य छलफल गरेका ज्ञानेन्द्र शाहले तराई पनि त्यस्तै खालको भेटघाट गर्ने श्रोतको भनाइ छ ।

पूर्वराजा निकट स्रोतका अनुसार उनी पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित आएका छन ।

पूर्वराजा ज्ञानेन्द्र र  पूर्वरानी कोमलसँगै निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउत पनि संगै  रहनेछन्  ।

सिमरा हुदा प्रभु शमसेर राणाको निवासमा शाह बस्ने कार्यक्रम रहेको छ । उनी सिमराबाट पूर्वी तराईको भ्रमणमा निस्कनेछन् ।