रोमान्टिक प्रेमीको यादः रक्तचाप सखाप

काठमाडौंः अमेरिकाको एरिजोना विश्वविद्यालयमा गरिएको एक अध्ययनबाट तनावका क्षणमा रोमान्टिक पार्टनरलाई याद गर्दा रक्तचापलाई नियन्त्रित हुने पाइएको छ ।

रोमान्टिक पार्टनरको यादले मन आनन्दित त हुन्छ नै स्वास्थ्य पनि राम्रो हुन्छ । मन शान्त राख्नका लागि प्रेमीको याद त्यति नै प्रभावकारी हुने अध्ययनले बताएको छ ।

अध्ययनमा १०२ जना सहभागि थिए । ती सबैलाई तनावयुक्त काम गर्न भनिएको थियो ।

सो काम गरेपछि उनीहरूमध्ये एकथरीलाई रोमान्टिक पार्टनरका बारेमा सोच्न, दोस्रो थरीलाई रोमान्टिक पार्टनरको अनुहार हेर्न र तेस्रो थरीलाई आफूले दिनभरि गरेका काम सम्झिन भनियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *