शुक्रवार,सदनबाट चिकित्सा शिक्षा विधयेक पास गर्दा सत्ता पक्षकाे अघिल्लाे वेन्चमा रहनुपर्ने नेताहरू काेही पनि थिएनन। सदनकाे निकै महत्वपुर्ण दिन भएकाेले यस दिन सवै सांसदलाइ अनिवार्य रूपमा उपस्थित हुन हिवप जारी गरिएकाे थियाे। तर,सत्ता पक्षमा भने न प्रधानमन्त्री थिए न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। वैठकमा माधव नेपाल र झलनाथ खनाल पनि थिएनन।नेकपाले जारी गरेकाे हिवपले केवल साना सांसदलाइ काम गरयाे तर ठुला नेता काेही आएनन।उनीहरू यतिकै उम्किए। 

सवैले थाह पाएकै कुरा के हाे भने प्रधानमन्त्री विदेशमा छन र उनी भाेलि मात्र नेपाल आउनेछन।यता,प्रचण्ड विरामी छन भनिए पनि शुक्रवार प्रचण्डले भेनेजुएलाकाे सन्दर्भमा  एउटा विज्ञप्ति निकालेका छन, तर सदनकाे निकै महत्वपुर्ण दिन उनी सदनमा भने आएनन। 

 विपक्षी दलका नेता शेरवहादुर देउवा,विजय गच्छदार,डा शशांक काेइराला लगायतका सवै नेता थिए।

राेचक कुरा अर्काे के छ पनि छ भने स्वास्थ्य मन्त्री रहेका उपेन्द्र यादव पनि संसदमा थिएनन। यति महत्वपुर्ण वैठकमा शीर्ष नेता र स्वास्थ्य मन्त्री नआउनुले के संकेत गर्छ ?